डोटी- डोटीमा केआई सिहं राजमार्ग दुई दिनदेखि अवरुद्ध छ।
उनको शव गत असाेज १६ गते लुवाखोडी पुल मुनी भेटिएको थियो। उक्त घटनाको प्रहरीले अनुसन्धान नगरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका डोटी प्रहरीले बताएको छ।
सडक अवरुद्ध हुँदा धेरै यात्रु अलपत्र परेका छन्। एक जनालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीको दाबी छ। मृतक मल्लका अफन्त र प्रहरीबिच अहिले सवारी सञ्चालनका लागि छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ ११:३९
प्रतिक्रिया दिनुहोस्