Sagun Khabar
डडेल्धुरामा नेकपा (एस) र कांग्रेस (विपी)बीच चुनावी तालमेल 
Atrya hospital

डडेल्धुरा –आसन्न संसदीय निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच तालमेल हुने भएको छ । शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जनाएका हुन् । 

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस बीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबाट असन्तुष्ट नेकपा एसका नेता डाक्टर तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टी परित्याग गरेपनि जोशीलाई नेकपा एस डडेल्धुराले समर्थन गरेको छ ।

जसअनुसार नेकपा एसले कांग्रेस बीपीसँग तालमेल गरेको हो । नेकपा एस र कांग्रेस बीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कवीन्द्र विष्टले जानकारी दिए । यसअघि नेकपा एमालेसँग पनि चुनावी तालमेलको सहमति गरिएको थियो । तर, शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुराले कांग्रेस बीपीसँगको चुनावी तालमेल भंग गरेको जनाएको थियो । 
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update