Sagun Khabar
सुर्नयामा बिशेष अनुदानको कार्यक्रम विवादमा 

बैतडी –सुर्नया गाउँपालिका बैतडीले संघीय सरकारको विशेष अनुदान अन्तर्गतको १ करोड रकमको जारि गरेको टेण्डर विवादमा तानिएको छ । बैसाख ६ गते पालिकाले टेण्डर आव्हानको सुचना जारि गरेको थियो  । जेठ ४ गते सूचनाको म्याद सकिएपछि एकदुई दिनभित्रै खोल्नुपर्ने टेण्डर जेठ २१ गते  सम्म खोलेको छैन् । संघीय सरकारबाट जिल्लाका धेरै जसो स्थानीय तहमा बिशेष अनुदानको रकम आएपनि अन्य पालिकाहरुले भने पहिला नै कार्यक्रम कार्यान्यवनमा ल्याईसकेको छन् ।  तर सुर्नया गाउँपालिकाले ढिलो गरी टेण्डर आह्वान गरेको छ । यो बिषयमा अहिले सामाजिक सञ्जालमा निकै चर्चा भईरहेको छ । कोरोना कहरका बेला असार १५ सम्म सक्ने गरेर एक करोडको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु ठीक नभएको सुर्नया ६ का धर्मानन्द अवस्थीले बताए । 

आर्थिक नियमावली अनुसार २० लाख भन्दा माथिका योजना कार्यान्वयन गर्दा बोलपत्र आव्हानको लागि १ महिने सुचना जारि गर्नुपर्ने, सर्ट लिस्टिङ्ग गरेपछि ७ दिने आशय पत्रको लागि सुचना जारि गर्नुपर्ने लगायतका नियमहरू छन । सुर्नया गाउँपालिकाले यी सबै प्रक्रिया पूरा गर्दा कार्यक्रम कार्यान्वयनका लागि २० दिन मात्रै पुग्ने देखिएको छ । 

Atrya hospital

आर्थिक बर्षको अन्तिममा यस्ता कार्यक्रम सान्दर्भिक नभएको भन्दै जनता समाजवादी पार्टीका जिल्ला संयोजक मनोरथ पाण्डेले जिल्ला प्रसासन कार्यालयमा निबेदन समेत दर्ता गरेका छन् । उनले भने ‘अहिले कोरोना कहरका बेला नागरिक अक्सिजन नपाएर तड्पिएका छन् । यो बिषम परिस्थितीमा एक करोडको जनचेतनामूलक कार्यक्रम आवश्यक छैन् । त्यसैले यो कार्यक्रम रोक्न मैले प्रशासनमा निवेदन दिएको छु ।’

यता सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकृत कमलापति भट्टले अहिले सम्म विविध कारणले कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको बताए । कार्यक्रम सम्पन्न नभए रकम रकम फ्रिज जाने र अन्य शीर्षकमा खर्च गर्न नसकिने बताए । 

आर्थिक बर्षको शुरुमै आएको बिशेष अनुदान अन्तर्गत बजेट सुर्नया गाउँपालिकाले अहिले कोरोना कहरका बेला गर्ने भन्दै टेण्डर आह्वान गरेपछि विवाद बढेको हो । गाउँपालिकाले किशोरी तथा महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको माध्यमबाट क्षमता अभिवृद्धि कार्यक्रममा ५० लाख  र बेसहारा , एकल , विपन्न महिला सशक्तीकरण कार्यक्रममा ५० लाख खर्च गर्ने गरि बोलपत्र आह्वान गरेको हो । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update