दार्चुला- सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरी हवल्दार नरेशसिंह शाहुले सफाइ पाएका छन्। उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याएका थिए।
नरेश साहु विगत एक वर्षदेखि दार्चुलामा थिए। २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए। तर, ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा उनी जेल पुगेका थिए।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९ १५:३३
प्रतिक्रिया दिनुहोस्