Sagun Khabar
प्रधानमन्त्री देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज 
Atrya hospital

डडेल्धुरा –प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ । मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उनका प्रतिस्पर्धी कर्णबहादुर मल्लले उजुरी दिएका थिए । तर मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ रहेको छ भने मतदाता नामावलीमा जन्ममिति ३१ जेठ २००२ लेखिएको छ । मंगलबार देउवाको तर्फबाट उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले लिखित जवाफ बुझाएकी थिइन् ।

त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मल्लको उजुरी खारेज गर्दै मतदाता परिचयपत्रमा देउवाका जन्ममिति गलत उल्लेख भएको प्रष्टकरण दिएको छ । समान्य प्रिन्ट गल्ती भएका कारण त्यस्तो समस्या देखिएको र कर्ण मल्लको दाबी समेत कानुन सम्मत नदेखिएको मुख्य निर्वाचन अधिकृत वाग्लेले बताए । उजुरी कानुन सम्मत नदेखिएपछि खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update