डडेल्धुरा- डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला अदालतमा बिहीबार एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो।
जिल्ला अदालत डडेल्धुराबाटै मुख्य निर्वाचन अधिकृतको कार्यालयले कामकाज अगाडि बढाउनेछ। जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेलाई मुख्य निर्वाचन अधिकृतको रूपमा तोकिएको छ। मुख्य निर्वाचन अधिकृत वाग्लेले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित भयरहित र विश्वसनीय बनाउनका लागि प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९ १३:३१
प्रतिक्रिया दिनुहोस्