Sagun Khabar
बैतडीमा बिहीबार ५१ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा बिहीबार ५१ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ५१ जनाले कोरोना जितेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै बिहीबार बैतडीमा थप २९ जनामा संक्रमण पुष्टि भएको छ । पाटन नगरपालिकाका १६, मेलौली नगरपालिकाका ६, पुर्चौंडी नगरपालिकाका ३ र दशरथचन्द नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मुगुका एकजनामा पनि बैतडीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । 

Atrya hospital

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ३६८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी पाटन नगरपालिकामा ८३ जना, दशरथचन्द नगरपालिकामा ८१ जना, डिलाशैनी गाउँपालिकामा ६१ जना, दोगडाकेदार गाउँपालिकामा ३० जना र सुर्नया गाउँपालिकामा २८ जना रहेका छन् । 

यस्तै मेलौली नगरपालिकामा २२ जना, सिगास गाउँपालिकामा २० जना, पञ्चेश्वर गाउँपालिकामा १८ जना र शिवनाथ गाउँपालिकामा १६ जना सक्रिय संक्रमित रहेका छन् । 

बैतडीमा अन्य ठाउँका ४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update