Sagun Khabar
धनगढीमा पुलबाट खसेर एक जनाको मृत्यु

धनगढी- धनगढीमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर–१३ लाई कञ्चनपुरको राजघाटसँग जोड्ने मोहना नदीको झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु भएको हो। 

प्रहरीका अनुसार पुलबाट खसेर धनगढी उपमहानगरपालिका–१३ बस्ने ६० वर्षीय फुलराम डगौराको मृत्यु भएको हो। आइतबार दिउँसो पुलबाट खसेका उनको स्थानीयले उद्दार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update