Sagun Khabar
बैतडीको सुर्नयामा युवाहरुले सञ्चालन गरे आकस्मिक एम्बुलेन्स सेवा 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा यूवाहरुले आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । कोरोना भाईरसका बिरामी र अन्य बिरामीहरुलाई महामारीको समयमा अस्पताल पुर्याउन सहज होस भनेर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पातालभुमेश्वर युवा जागरण मञ्च (प्रवास)का उपाध्यष बीरबहादुर बिष्टले जानकारी दिए । 

पातालभुमेश्वर युवा जागरण मञ्च (प्रवास) र नेचुरल अर्गनाइजेसन बैतडीले संयुक्त रुपमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् । गाउँपालिकामा एम्बुलेन्स नहुँदा गाउँपालिकाबासीहरुलाई समस्या भएकाले महामारीको समयमा बिरामीहरुलाई अस्पताल पुर्याउनका लागि आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको नेचुरल अर्गनाइजेसनका अध्यक्ष धनबहादुर बिष्टले जानकारी दिए । 

Atrya hospital

समस्यामा परेका सुर्नया गाउँपालिकाका नागरिकहरुलाई सहयोग पुर्याउनका लागि आफूहरुले यो अभियान सञ्चालन गरेको उनले बताए । उनले भने ‘अहिलेको समयमा धेरै नागरिक समस्या छन् । उनीहरुलाई सहयोग पुर्याउनका लागि हामीले प्रयास गरेका हौं ।’

गाउँका युवाहरु मिलेर भाडामा जिप लिएर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरिएको पातालभुमेश्वर जागरण मञ्च( प्रवास)का उपाध्यक्ष बिष्टले बताए । कोभीडको महामारी सम्म यो सेवा सञ्चालनमा रहने उनले बताए । उनले भने ‘हामीले कोभीडको महामारीको समय सम्म यो अभियान सञ्चालन गर्नेछौं । समस्यामा परेका नागरिकलाई युवाहरुले सहयोग गर्नुपर्छ भन्ने सन्देश पनि हामीले दिन खोजेका हौं ।’

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update