डडेल्धुरा –पहिरोका कारण अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग साढे ५ घण्टापछि सुचारु भएको छ । डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा आइतबार बिहान साढे १० बजेदेखि अवरुद्ध बनेको राजमार्ग दिउँसो ४ बजेदेखि सुचारु भएका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
पहिरो पन्छाएपछि अहिले दुईतर्फी सवारी चल्न थालेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
पहिरोले अवरुद्ध राजमार्ग सुचारु गर्न प्रमुख जिल्ला अधिकारी जोशी, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट. डडेल्धुराका सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतका अधिकारी रडुवा पुगेका थिए । राजमार्ग सुचारु भएपछि यात्रुहरु आफ्नो गन्त्व्य तर्फ लागेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १६:५२
प्रतिक्रिया दिनुहोस्