Sagun Khabar
पहिरोका कारण केआइसिंह राजमार्ग अवरुद्ध 
फाइल फोटो
Atrya hospital

बैतडी – लगातारको बर्षाका कारण खसेको पहिरोले केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । आइतबार बिहान खसेको पहिरोले डडेल्धुरा–डोटी जोड्ने सो राजमार्ग अवरुद्ध  भएको हो । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन बीच बाटोमै रोकिएका छन् । 

यस्तै भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्कमा पनि पहिरो खसेको छ । माथिबाट खसेको पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी गुडीरहेका प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update