कैलाली –धनगढीमा बिमा समितिको प्रदेश कार्यालय स्थापना भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रदेश कार्यालयको उद्घाटन गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा बिमितिको संख्या कम रहेको तथा बिमा गर्न सबै पेशा, व्यवसायमा लागेका मानिस र सर्वसाधारणलाई उत्प्रेरित गर्न र जोखिम न्यूनीकरण गर्न धनगढीमा बिमा समितिको कार्यालय स्थापना गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।
धनगढीमा बिमा समितिको कार्यालय स्थापना भएसँगै बिमा गर्न, बिमा गरेबापत भुक्तानी लिन सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । बिमा समितिको स्थापनाले सबै क्षेत्रको बिमा गराउनेको संख्या बढ्ने विश्वास प्रदेश सरकारको छ । बिमा समितिको कार्यालय धनगढीमा खुलेपछि बिमा समितिले सबै पेशा र क्षेत्रका व्यवसायी र किसानलाई लाभ हुने प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बताए ।