Sagun Khabar
सुदूरपश्चिममा बुधबार १२ सय बढीले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार १२ सय बढीले कोरोना जितेका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १ हजार २०३ जनाले बुधबार कोरोना जितेका छन् ।

यस्तै बुधबार कोरोनाबाट प्रदेशमा थप ६ जनाको मृत्यु भएको छ । डडेल्धुराका २, बाजुराका २, कैलाली र कञ्चनपुरका एक ÷एक जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी प्रदेशभरी बुधबार थप २९३ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ५६४ जनाको नमूना परीक्षण गर्दा थप २९३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update