Sagun Khabar
मन्त्री दीर्घ सोडारीकी श्रीमति गीता विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कैलाली –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीकी श्रीमति विरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार मन्त्री सोडारीकी श्रीमति गिता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । 

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गिताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका ९ स्थित शिव माविमा प्रावि राहत कोटामा कार्यरत गिताले नक्कली प्रमाणपत्र पेश गरेको आरोप रहेको छ । बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।  उनले नेपाल सरकारलाई नोक्सानी पु¥याउने वदनियत राखेर भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update