दार्चुला –दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका एकजनाको शव भेटिएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार परीक्षण गरी शव आफन्तको जिम्मा लगाइएको छ । भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले जनधनको क्षति गरेको थियो । बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ १५:५६
प्रतिक्रिया दिनुहोस्