बझाङमा थपिए दुई मतदानस्थल 
                        
                        
                                                
                                            
                                                                    बझाङ – बझाङमा दुई मतदानस्थल थप भएका छन् । जिल्लाको छबिसपाथिभेरा र केदारस्यूँ गाउँपालिकामा मतदानस्थल थप भएका हुन् । छबिसपाथिभेरा गाउँपालिका– ५ मा रहेको शान्ति माविको मतदानस्थललाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा मतदानस्थल थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।
केदारस्यूँ–४ मा पनि मतदानस्थल विभाजन गरिएको छ । जगन्नाथ माविको मतदानस्थल विभाजन गरेर नयाँ मतदानस्थल शिक्षोदय मावि बागथलामा तोकिएको हो । 
 
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०८:१८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
