Sagun Khabar
बैतडीमा बुधबार १०८ जनाले कोरोना जिते, थप ७ जना संक्रमण 

बैतडी –बैतडीमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । बुधबार १०८ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना जित्नेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । करीब एक हजारको हाराहारीमा सक्रिय संक्रमित पुगेको बैतडीमा बुधबार सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । 

जारी निषेधाज्ञा कारण कोरोना संक्रमण कम फैलिन पाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । संक्रमणको जोखिम भने कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन उनले आग्रह गरे । 

Atrya hospital

बुधबार जिल्लाका थप ७ जनामा संक्रमण पुष्टि भएको छ । पञ्चेश्वर गाउँपालिकाका ३, पाटन नगरपालिकाका २, दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाका थप १÷१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 दशरथचन्द नगरपालिकामा पनि सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । अहिले नगरपालिकामा ८० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा ७१ जना, पाटन नगरपालिकामा ७० जना, मेलौली नगरपालिकामा ३७ जना र दोगडाकेदार गाउँपालिकामा ३० जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै सुर्नया गाउँपालिकामा २८ जना, शिवनाथ गाउँपालिकामा २५ जना, सिगास गाउँपालिकामा २२ जना, पञ्चेश्वर गाउँपालिकामा १६ जना र पुर्चौडी नगरपालिकामा ६ जना सक्रिय संक्रमित रहेका छन् । 

बैतडीमा अन्य ठाउँका ५ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा अहिले सम्म कोरोनाबाट १५ जनाको मृत्यु भईसकेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update