Sagun Khabar
धनगढीमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटील, अन्यत्र लैजानुपर्ने 
Atrya hospital

कैलाली –धनगढीमा विगत ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै केसीको स्वास्थ्यवस्था विग्रदै गएकाले उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आवश्यक रहेको जनाएको छ ।

डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गरेका थिए । चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ । अस्पतालले केसीमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेसी दुख्नेलगायत समस्या देखिन थालेको जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update