Sagun Khabar
सत्याग्रहमा बसेका डा. केसीलाई नागरिक समाजको साथ 
Atrya hospital

कैलाली –चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै धनगढीमा अनसनरत डा. गोविन्द केसीको सत्याग्रहमा धनगढीका नागरिक समाजले ऐक्यवद्धता जनाएको छ । 

२०औं पटक सत्याग्रह गरिरहेका डा. केसीको जीवन रक्षा र उनले उठाएको माग सम्बोधनका लागि दबाब दिन समाजले धनगढीमा प्रदर्शन गर्दै ऐक्यवद्धता जनाएको हो ।  प्रदर्शनमा शिक्षाविद डा. हेमराज पन्तलगायत विभिन्न व्यक्तीहरुको उपस्थिती रहेको थियो ।  

सत्याग्रहको सातौं दिन पुग्दा डा. केसीको अवस्था थप जटिल बन्दै गएकाले उनको जीवन रक्षा गर्न नागरिक समाजले माग गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update