Sagun Khabar
अनशनरत डा. केसीका तर्फबाट पनि वार्ता टोली गठन 

कैलाली –स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीको तर्फबाट वार्ता टोली गठन भएको छ । शुक्रबार सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा वार्ता टोली गठन गरेसँगै डाक्टर केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली गठन गरिएको हो । 

डाक्टर केसीको तर्फबाट वार्ता टोलीमा डाक्टर जीवन थापा, डाक्टर लिक्जन महर्जन, अधिवक्ता ओमप्रकाश अर्याल र प्रितम सुवेदी रहेका धनगढीमा डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैसीले बताए ।

Atrya hospital

डाक्टर जैसीका अनुसार शनिबार नै पहिलो चरणको वार्ता काठमाडौंमा हुने तय भएको छ । पहिलो चरणमा वार्ता सकारात्मक भए दोस्रो चरणको वार्ताका लागि के गर्ने भन्ने तय हुने बताइएको छ । 

यता डाक्टर केसीको स्वास्थ्यमा भने थप समस्या देखिएको बताइएको छ । धनगढीको सेती अस्पतालमा भर्ना गरिएका डाक्टर केसीको अनशनको शनिबार ६ दिन पुगेको छ । डा. केसीले गएको सोमबारदेखि अनशन थालेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update