कैलाली – लगातारको बर्षाका कारण खसेको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएका कारण सवारी साधनहरु बीचबाटोमै रोकिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भीमदत्त राजमार्गको अन्य स्थानमा पनि स–साना पहिरोको कारण सडक अवरुद्ध भएको र सडक खुलाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
बिहीबार रातिदेखिको अविरल बर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम बढ्दै गएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १, २०७९ ०७:३२
प्रतिक्रिया दिनुहोस्