कैलाली –सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन् । शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन् ।
प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।
उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् । उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिक आएका बेला त्यसलाई बेवास्ता गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा राज्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९ १९:५५
प्रतिक्रिया दिनुहोस्