Sagun Khabar
दार्चुलामा आँखा शिविर : २ हजार जनाले सेवा लिए, २७३ जनाको आँखाको शल्यक्रिया 
Atrya hospital

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर र मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर पस्तीमा सञ्चालन भएको निशुल्क आँखा शिविरबाट २ हजार भन्दा बढी नागरिकले सेवा लिएका छन् । सम्बन्धित स्थानीय तहको सहयोग र गेटा आँखा अस्पतालको आयोजनामा गोकुलेश्वरमा तीन दिने र पस्तीमा दुई दिने आँखा शिविर सम्पन्न भएको हो । 

शिविरमा २ हजार ३३ जनाको आँखा परीक्षण गरिएकोमा २ सय ७३ जनाको आँखाको शल्यक्रिया गरिएको शिविर संयोजक नरेन्द्र बिष्टले बताए । शिविरमा आएका मध्ये आँखाको ज्योति कमजोर भएकाहरुलाई चश्मा वितरण गरिएको उनले बताए । 

गेटा आँखा अस्पतालका डा. स्मद अधिकारीको नेतृत्वमा १५ जनाको टोलीले शिविरमा सेवा दिइरहेको छ । शनिबार (भोलि) देखि खलंगामा महाकाली नगरपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएकोले सेवा लिन आँखाको समस्या भएकाहरुलाई आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update