Sagun Khabar
सत्याग्रही डाक्टर केसीको स्वास्थ्य अवस्था जटील

कैलाली –सत्याग्रही डाक्टर गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखा परेको छ । धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटीलता तर्फ गइरहेको जनाएको छ । 

२० औं सत्याग्रह गर्न धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह थालेका हुन् । शुक्रबार सत्याग्रहको पाँचौं दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था थप बिग्रदै गएको छ । 

Atrya hospital

सेती प्रादेशिक अस्पतालले टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडीने र मुटुको धडकनमा गडबढी हुने समस्या देखा परेको जनाएको छ । अस्पतालका अनुसार डाक्टर केसीको रक्तचाप घटेर ९०÷ ६० हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको  र शरीरको तौल घट्दै गएको जनाएको छ ।

प्रयोगशाला रिपोर्टमा सुगरको मात्रा ४१ पुगेको क्याल्सियम, फस्पोरस र म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको अस्पतालले जनाएको छ। डाक्टर केसीलाई शुद्ध पानी, नर्मल स्लाइन र रिङ्गर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सक टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ।

डा. केसीको स्वास्थ्य अवस्था जटीलता तर्फ गइरहेको भएपनि सरकारले वार्ताका लागि कुनै औपचारिक प्रयास थालेको छैन् ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update