Sagun Khabar
सर्पको टोकाइबाट डडेल्धुरामा एक किशोरको मृत्यु 
Atrya hospital

डडेल्धुरा – सर्पको टोकाइबाट डडेल्धुरामा एक एक किशोरको मृत्यु भएको छ । परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जीतेन्द्र ओखेडाको सर्पको टोकाइबाट मृत्यु भएको हो । 

बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ । सर्पले टोकेपछि जीतेन्द्र आफैँले सर्प मारेर फेरि ओछ्यानमा  सुतेका थिए । तर, एक्कासी विषले असर गरेपछि ओखेडालाई बैद्यकहाँ लगिएको थियो । 

सर्पले टोकेपछि अस्पताल पुगेको ओखेडालाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ । ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update