Sagun Khabar
दार्चुलाको लास्कु खोलामा अस्थायी पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहज 
Atrya hospital

दार्चुला –दार्चुलाको लास्कु खोलामा अस्थायी पुल निर्माण गरिएको छ । भदौ २४ गते राति आएको बाढीले पुल बगाएपछि दुँहु र व्याँस गाउँपालिकासंगको सम्पर्क विच्छेद भएको थियो । अस्थायी पुल निर्माण भएपछि दुवै गाउँपालिकाबीच आवतजावतमा सहज भएको हो । बाढीले पुल बगाएको ६ दिनपछि लास्कु खोलामा अस्थायी काठेपुल निर्माण गरिएको हो । 

बाढीले सदरमुकामसँग जोड्ने लास्कु पुल बगाएसँगै महाकाली नगरपालिकाका केही बस्तीका साथै दुँहु र व्याँस गाउँपालिकाको बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । सुरक्षाकर्मीसँगै महाकाली नगरपालिकाको पहलमा उक्त अस्थायी काठेपुल निर्माण भएको हो । 

काठेपुल निर्माण भएपछि अहिले आवतजावतमा सहजता भएको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update