Sagun Khabar
डडेल्धुरामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५४ विद्यालय छनोट 
Atrya hospital

डडेल्धुरा –राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि डडेल्धुराका ५४ विद्यालय छनोट भएका छन् । बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले जिल्लाका ५४ विद्यालय सो कार्यक्रमका लागि छनोट गरेको हो । 

सबैभन्दा बढी परशुराम नगरपालिकाका १२ ओटा विद्यालय छनोटमा परेका छन् भने अमरगढी नगरपालिकाका ९, अजयमेरु, भागेश्वर र गन्यापधुरा गाउँपालिकाका ७÷७ ओटा, आलिताल र नवदुर्गा गाउँपालिकाका ६÷६ ओटा विद्यालय छनोट भएका छन् । 

छनोट भएका विद्यालयमा आइसीटी ल्याव स्थापना, २ कोठे र ४ कोठे भवन निर्माण हुने बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update