Sagun Khabar
धनगढीमा सत्याग्रहमा रहेका डा. केसी अस्पताल भर्ना
Atrya hospital

कैलाली –कैलालीको धनगढी पुगेर सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन् । सोमबारदेखि २०औं सत्याग्रह थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो  । 

डा. केसीलाई सेती अस्पतालको क्याबिनमा भर्ना गरिएको उनका सहयोगी डा. अमृत जैशीले बताए । स्वास्थ्य क्षेत्रको अवस्था सुधारका लागि लामो समयदेखि अभियानमा रहेका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए । 

डाक्टर केसीले विभिन्न ७ बुदेँ माग राखेर सत्याग्रह थालेका थिए। केसीको सत्याग्रहको बुधबार तीन दिन पुगे पनि सरकारी पक्षबाट भने वार्ताका लागि कुनै पहल भएको छैन ।  तर सत्याग्रही केसीको स्वास्थ्य अवस्था भने बिग्रदै गएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update