Sagun Khabar
सुदूरपश्चिममा मंगलबार ८९९ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा मंगलबार ८९९ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ८९९ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । कैलालीका २, कञ्चनपुरका २ र अछामका २ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना पुष्टि भएको छ । २ हजार १३१ जनाको नमूना परीक्षण गर्दा थप ४५४ जनामा कोरोना पुष्टि भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update