Sagun Khabar
डडेल्धुरा सदरमुकामको सडक चौडा पार्ने प्रक्रिया अघि बढ्यो, मुआब्जाका लागि २० करोड

डडेल्धुरा –डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउने प्रक्रिया थालिएको छ । अर्थ मन्त्रालयले सडक क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरण गर्न पहिलो चरणमा २० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराउने निर्णय गरेको छ । 

मन्त्रालयले बुधबार महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रकमान्तर गर्ने निर्णयलाई स्वीकृत गरी कार्यान्वयन गर्न अनुरोध गरेको हो । 

Atrya hospital

यसअघि अर्थ मन्त्रालयले २० करोडको स्रोत सहमति दिएकोमा बुधबार २० करोड रकमान्तर गर्दै कार्यान्वयनका लागि महालेखालाई आग्रह गरेको हो । 

मुआब्जाका लागि ८५ करोड ६५ लाख बजेट आवश्यक पर्ने देखिन्छ । अब मुआब्जाको बाँकी ६५ करोड चालू आर्थिक वर्षकै तेस्रो चौमासिकमा माग गर्न पत्राचार गरिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका इन्जिनियर योगेन्द्र अधिकारीले बताए । 

यसअघि डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुर सम्मको सडक फराकिलो बनाउनका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले ४४ करोडको स्रोतको सहमति पाइसकेको छ । दायाँबायाँ १५÷१५ मिटर फराकिलो पार्नका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजित गर्दै पहिलोपटक ०७७ जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो । 

त्यसपछि कार्यालयले दुई पटक टेण्डर आह्वान गरेकोमा विभिन्न प्राविधिक कारण  देखाउँदै उक्त टेण्डर रद्द गरिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update