Sagun Khabar
बैतडीमा मंगलबार १२ जनाले कोरोना जिते, थप ५ जना संक्रमण पुष्टि 

बैतडी –बैतडीमा कोरोना भाईरसको संक्रमण घट्दै गएको छ । मंगलबार सुर्नया गाउँपालिकाका थप ५ जनामा मात्रै कोरोना पुष्टि भएको छ । अन्य पालिकाहरुमा मंगल कोरोना पुष्टि हुनेको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबार थप १२ जनाले कोरोना जितेका छन् ।

जिल्लामा अहिले ४९१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिकामा १८२ जना, पाटन नगरपालिकामा ७२ जना, डिलाशैनी गाउँपालिकामा ७१ जना, मेलौली नगरपालिकामा ३७ जना र दोगडाकेदार गाउँपालिकामा ३० जना सक्रिय संक्रमित रहेका छन् ।

Atrya hospital

यस्तै सुर्नया गाउँपालिकामा २८ जना, शिवनाथ गाउँपालिकामा २४ जना, सिगास गाउँपालिकामा २३ जना, पञ्चेश्वर गाउँपालिकामा १३ जना र पुर्चौंडी नगरपालिकामा ६ जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा अन्य ठाउँका ५ जना सक्रिय संक्रमित रहेका बताइएको छ । जिल्लामा अहिले सम्म कोरोनाका कारण १५ जनाको मृत्यु भईसकेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update