Sagun Khabar
बाढी पहिरोग्रस्त क्षेत्रमा ढुङगा बोक्दै उद्योगमन्त्री बडू
MANTRI BADU.jpg

बैतडी-शुक्रबार रातिदेखि परेको अविरल वर्षा र बाढीपहिरोका कारण दार्चुलामा ठुलो जनधनको क्षति भएको छ । जिल्लाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको हो । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको टोली नेपाली सेनाको हेलिकप्टरमा राहत बोकेर शनिबार बेलुका नै बाढी पहिरोग्रस्त क्षेत्र पुगेको छ । उनीहरुले बाढीपहिरोमा ज्यान गुमाएका मानिसको परिवारलाई भेटेर सान्त्वना दिइरहेका छन् । 

Atrya hospital

राहात बोकेर दार्चुला पुगेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको टोली आइतबार भने महाकाली नगरपालिका–४ बाङ्गाबगरमा लास्कु खोलाले कटान गरिरहेको क्षेत्रमा पुगी । तटबन्धन निर्माण गरिरहेका स्थानीय, सुरक्षाकर्मीलाई सघाउदै ढुङ्गा बोकेका छन् । 

संघीय सरकारका उद्योगमन्त्री बडू, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसहितको टोलीले तटबन्धनका लागि ढुङगा बोकेका हुन ।

नदीको कटान रोक्न तटबन्धन गरेर पानीको बहाब फर्काउने प्रयास गरिएको महाकाली नगरपालिकाका मेयर चैसिरले बताए । खोलको मुखैमा ८÷१० घर जोखिममा रहेकाले कटान रोक्न तटबन्धन निर्माण गरिरहेको हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ८ जना घाइते मध्ये पाँच जनाको उपचार भइरहेको र  ३ जना डिस्चार्ज भइसकेका भने १० जना अझै बेपत्ता रहेका छन् । महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक विष्टले बताए

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update