Sagun Khabar
दार्चुला अपडेट : मृतकका परिवारलाई जनही एक लाख दिने मन्त्रीको घोषणा 

दार्चुला – दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिइने भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले प्रदेश सरकारका तर्फबाट मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । 

बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली शनिबार दार्चुला पुगेको छ । 

Atrya hospital

दार्चुलामा सुरक्षा निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री रावलले मृतकका परिवारलाई जनही एक लाखका दरले राहत दिने घोषणा गरेका हुन् । 

बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने पनि मन्त्री रावलले जनाएका छन् । 

दार्चुलामा अविरल वर्षापछिको बाढीपहिरोमा परी अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । त्यस्तै १० जना बेपत्ता र ८ जना घाइते भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update