कैलाली – कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । घोडाघोडी नगरपालिकामा डेउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी परेको छ ।
यही भदौ २१ गते मंगलबार राति ४ जनाले सामुहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छिन् । काम छ भन्दै एकान्तमा बोलाई जवरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ ।
आरोपितमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए । घटनाका बिषयमा अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १६:०९
प्रतिक्रिया दिनुहोस्