Sagun Khabar
पहाडमा पनि डेंगुको जोखिम, दार्चुलामा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु 
Atrya hospital

दार्चुला – डेंगु संक्रमणबाट दार्चुलामा पाँच बर्षीया एक बालिकाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामीको मृत्यु भएको पस्ती अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. निराजन बोहराले बताए । 

बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुलामा चेकजाँच गर्दा उनमा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिएको डा. बोहराले बताए । जिल्ला अस्पतालमा भर्ना नगरी उनका अभिभावकले उषालाई घरमा ल्याएका थिए । मंसिर २१ गते पस्ती अस्पतालमा भर्ना गरिएकी उषाको बिहीबार बिहान मृत्यु भएको डा. बोहराले बताए । 

उषामा डेंगु र स्क्रब टाइफस दुवै पोजेटिभ देखिएकाले उनी जटील अवस्थामा अस्पताल पुगेकी थिइन् । डेंगु संक्रमणका कारण शरीरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्त संचार प्रणालीमा प्रत्यक्ष असर परेर विरामीको मृत्यु हुने गरेको बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update