डोटी – डोटीमा एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । सायल गाउँपालिका ६ की २५ वर्षीया धौली साउदको सुत्केरी पछि अत्याधिक रक्तस्राव हुँदा हवाई उद्धार गरिएको हो । उनलाई थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको डोटीस्थित नेपाली सेनाको भैरव प्रसाद गणका गणपति जन्मतबहादुर कार्कीले बताए ।
बिहीबार बिहान रक्तश्राव भएर जिल्ला अस्पताल डोटी पुगेकी धौलीको शल्यक्रिया गरेर पेटबाट मृत शिशु निकालिएको र थप उपचारका लागि सुर्खेत रेफर गरिएको जिल्ला अस्पताल डोटीका प्रमुख निराजन श्रेष्ठले बताए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरुलाई विभिन्न समयमा नेपाली सेनाले हेलिकोप्टर मार्फत उद्धार गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ १५:०१
प्रतिक्रिया दिनुहोस्