Sagun Khabar
दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा लागि एमालेले गर्याे ठगुन्नाको नाम सर्वसम्मत सिफारिस
Atrya hospital

दार्चुला- नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभातर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको नेकपा (एमाले) दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिए  ।

२०७० सालमा नेपाली कांग्रेशका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा नेपाली कांग्रेसकै बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसपटक पाँच दलित गठबन्धनका उम्मेदवारलाई कम्तिमा पाँच हजार मतान्तरले हराउदै दार्चुलामा एमालेको विजय हुने नेता ठगुन्नाको दाबी छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update