Sagun Khabar
बैतडीमा रोपाईको चटारो !
Atrya hospital

बैतडी –बैतडीमा रोपाई शुरु भएको छ । बैतडीका बेँसी क्षेत्र र सिंचाई सुविधा भएका ठाउँमा धान रोपाई शुरु भएको हो । 
समान्यतया जेठको दोश्रो हप्तादेखि साउनको पहिलो साता सम्म रोपाई गर्ने गरिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । जिल्लाको पाटन, सुर्नया लगायतका क्षेत्रमा धान रोपाई शुरु भएको उनले बताए । 


बर्खेबाली मध्ये मुख्यबालीको रुपमा रहेको धानबाली बैतडीका बेँसी क्षेत्रमा उत्पादन हुने गरेको छ । कोरोना कहरकै बीच किसानहरु रोपाईमा व्यस्त भएका हुन् । 


पाटन क्षेत्रमा रोपाईको चटारो बढेको किसान धर्म बिष्टले जानकारी दिए । यो बर्ष समयमै पानी परेकाले धेरै ठाउँमा रोपाई शुरु भएको उनले बताए । 
बैतडीमा ९ हजार हेक्टरमा धान रोपाई हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update