धनगढी- कैलालीमा करिब चार सय घर डुबानमा परेका छन्। गएराति भएको वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले जिल्लाभर ३८० भन्दा बढी घरमा डुबान भएको हो।
सबैभन्दा बढी भजनी नगरपालिकामा डुबान भएको छ। काँढा, पथरैया, मोहना नदीको बाढी घरमा पसेर सो पालिकामा ३२७ जति घर डुबानमा परेको भजनी नगरपालिकाका विपद् स्रोत व्यक्ति खिम पनाडीले जानकारी दिए।
उनका अनुसार वडा नम्बर ८ मा मात्रै करिब २०० घर डुबानमा परेको छ। त्यस्तै, वडा नम्बर २ मा एक सयभन्दा बढी घर र वडा नम्बर ३ मा केही घर डुबानमा परेको छ। घरहरूमा पानी पसेर खाद्यान्न, अन्न भिजेको जनाइएको छ।
यसैगरी, कटैनी नदीको बाढी पसेर कैलारी गाउँपालिका –७ को बड्का बसन्ता, छटकपुर बसन्ता र भुईयाँफाँटा गरी ५० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष दीपेन्द्र बमले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ १४:३०
प्रतिक्रिया दिनुहोस्