कैलाली –नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर कैलाली क्षेत्र नम्बर ४ बाट आगामी मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार सिफारिस भएका छन् । उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरिएको हो ।
कांग्रेस कैलाली क्षेत्र नम्बर ४ समितिले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी र लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा उम्मेदवार सिफारिस गरेको छ ।
यो क्षेत्रबाट २०६४ र २०७४ मा तत्कालीन माओवादीका लेखराज भट्ट निर्वाचित भएका थिए । भट्ट अहिले नेकपा एमालेमा छन् । २०७० मा भने कांग्रेसबाट दीर्घराज भाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ १५:४१
प्रतिक्रिया दिनुहोस्