Sagun Khabar
एमालेका प्रदेश सांसद थापा सहितका नेता नागरिक उन्मुक्तिमा प्रवेश 

कैलाली –नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका सांसद रतन थापासहितका नेता कार्यकर्ता नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । प्रदेश सांसद थापासहित पूर्व संघीय सांसद तथा राप्रपाका केन्द्रीय सदस्य हिमान्चलराज भट्टराई, निवर्तमान सांसद कैया चौधरी लगायतका एक दर्जन बढी नेताहरुले नागरिक उन्मुक्तिमा प्रवेश गरेका हुन् । 

रिपोर्टस क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गरेकी छन् । 

थापाले हालै सम्पन्न स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै एमालेले उनलाई जिल्ला अध्यक्षबाट हटाएको थियो । यस्तै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केही नेता तथा कार्यकर्ताहरुले पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update