कैलाली –आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसले डा. आरजु राणा देउवालाई दोहो¥याउने निर्णय गरेको छ । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बुधबार नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बैठकले राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो ।
अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन् । विजयी रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन् ।
त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फको उमेदवारमा जीवन राना सर्वसम्मत रूपमा सिफारिस भएका छन् । यस्तै प्रदेश सभा निर्वाचनको लागि प्रदेशको प्रत्यक्ष र समानुुपातिकतर्फ भने २६ जनाले दाबी गरेका छन् ।