Sagun Khabar
कैलालीमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु 
Atrya hospital

कैलाली –कैलालीमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । 

शाहीको उपचारको क्रममा मंगलबार बिहान नै मृत्यु भएपनि बुधबार मात्र डेंगु पुष्टि भएको थियो ।  

पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ । साउन १ गतेपछि मात्रै कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुको संक्रमणबाट बच्नका लागि सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रह समेत गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update