Sagun Khabar
सुदूरपश्चिम सरकारको प्रमुख सचिवमा दुवाडी 
Atrya hospital

कैलाली – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा नारायण प्रसाद शर्मा दुवाडी आएका छन् । बुधबारबाट उनले आफ्नो कार्यभार सम्हालेका छन् । 

उनी यसअघि प्रधानमन्त्रीको कार्यालयमा कार्यरत थिए । विगत लामो समयदेखि प्रदेश सरकार प्रमुख सचिवविहीन बनेको थियो । यसअघिका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई गुपचुपमै सुरुवा गरिएपछि प्रदेश सरकार निमित्तको भरमा चलेको थियो । प्रदेश सरकारलाई थाहै नदिई संघीय सरकारले बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयमा तानेको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update