Sagun Khabar
बैतडीमा निषेधाज्ञामा थप कडाई 
Atrya hospital

बैतडी –बैतडीमा निषेधाज्ञालाई थप कडाई गरिएको छ । सोमबारदेखि बैतडी भित्रिने खाद्यान्न बोकेका गाडीहरुलाई बिहान ६ बजेदेखि साँझ सात बजे सम्म मात्रै सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

कोरोना भाईरसको संक्रमण न्यूनीकरणका लागि खाद्यान्न बोकेका गाडीमा सवार व्यक्तिहरुको खोड्पेमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गरेर मात्रै जिल्ला भित्रिन दिइने उनले बताए । उनले भने ‘हामीले तराईबाट खाद्यान्न तथा तरकारी बोकेर बैतडी भित्रिने गाडीलाई बिहान ६ बजेदेखि साँझ सात बजे सम्म मात्रै जिल्ला भित्रिन दिन्छौं । गाडीमा भएका व्यक्तिहरुको एन्टीजेन परीक्षण गर्ने व्यवस्था पनि मिलाएका छौं ।’

कोरोना रिपोट नेगेटिभ आएमात्रै जिल्ला भित्रिन दिने र पोजेटीभहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको सूचना अधिकारी भारतीले बताए । अत्यावश्यक सेवाका सवारी साधन भने निर्वाध रुपमा सञ्चालन हुने उनले बताए । बैतडीमा जेठ ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थपिएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update