Sagun Khabar
भाद्र १५ गते एमाले अध्यक्ष ओली कञ्चनपुर आउने 
Atrya hospital

कञ्चनपुर –नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन् । नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्कने नेतालाई पार्टीमा स्वागत गर्न उनी यही भदौ  १५ गते कञ्चनपुर आउन लागेका हुन् । 

ओलीले दिउँसो १२ बजे आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले जिल्ला सचिव पल्लवराज भट्टले बताए । 

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, नेकपा एसका पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र बेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द लगायतका नेता कार्यकर्ता एमाले फर्कने तयारी गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update