Sagun Khabar
बैतडीमा जिप दुुर्घटना, चालक सहित तीनजना घाइते 
Atrya hospital

बैतडी-बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका वडा नं ८ विन्द्रावनमा सोमबार बिहान से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा परेको हो । बिरामी पुर्याएर धनगढीबाट बझाङ गईरहेको जिप सडकबाट करीब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

जिप दुर्घटना हुँदा जिप चालक बझाङको वित्थडचीर गाउँपालिका वडा नं ४ का २३ बर्षीय चन्द्र अधिकारी, बझाङको केदारस्युँ गाउँपालिका ३ का १९ बर्षीय सुनिल खाती र केदारस्युँ गाउँपालिका वडा नं २ का २५ बर्षीय भानुभक्त रावल घाइते भएका छन् । घाइते मध्ये चालक अधिकारीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक खड्काले बताए । जिपमा चालक सहित तीन जना मात्रै सवार रहेको बताइएको छ । 

दुर्घटनामा घाइते भएकाहरुको खोड्पेमा प्राथमिक उपचार पछि डडेल्धुरा रेफरको तयारी भएको उनले बताए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update