Sagun Khabar
बैतडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत दशरथचन्द नगरपालिका ४ का ७८ बर्षीय वृद्धको आइतबार राती मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

ती वृद्धमा यही जेठ १० गते एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । अक्सिजन सपोटमा उपचार गराईरहेका वृद्धको आइतबार राती मृत्यु भएको पन्तले बताए । 

यो संगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । अहिले जिल्ला अस्पतालमा कोभीडका १० जना बिरामीको उपचार भईरहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update