Sagun Khabar
डोटीमा उच्च रक्तश्रावका कारण सुत्केरी स्वास्थ्यकर्मीको मृत्यु 
Atrya hospital

डोटी –डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरी स्वास्थ्यकर्मीले ज्यान गुमाएकी छिन् ।  जिल्लाको आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको ज्यान गएको हो । 

बुधवार साँझ उनको जिल्ला अस्पताल डोटीमा मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिए । अस्पताल पुगेको १० मिनेटमै उनले मृत बच्चा जन्माएकी थिइन् । मृत बच्चा जन्माएपछि उच्च रक्तश्राव भएको र उच्च रक्तश्रावकै कारण उनको मृत्यु भएको बताइएको छ । 

मृतक खडायत गिरीचौका स्वास्थ्यचौकीमा अनमीको रुपमा कार्यरत थिइन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update