डडेल्धुरा –डडेल्धुरामा मलामी गएका एकजना सेती नदीमा बेपत्ता भएका छन् । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ पनौलीका ५० वर्षीय चेतबहादुर साउद डोटीको शिखर नगरपालिका वडा नम्बर १० गहनानस्थित सेती नदीमा बेपत्ता भएका हुन् ।
बेपत्ता साउदको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टले बताए । अहिले त्यहाँ सशस्त्र प्रहरीको टोली खटिएको छ ।
उनी जिल्लाको अमगरगढी नगरपालिका वडा नम्बर १० मा रहेको सहश्रलिंग माविमा कार्यरत लेखापाल भक्तबहादुर साउदको मलामी गएका थिए । लेखापाल साउदको आज विद्यालयमै मृत्यु भएको थियो । आज बिहान विद्यालय पुगेपछि अचानक रिँगटा लागेर ढलेका ३० वर्षीय लेखापाल साउदको अस्पताल नपुगाउँदै मृत्यु भएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९ १८:२९
प्रतिक्रिया दिनुहोस्